पैले पैले कुरा गराइ अनि लजाइ मीठो लाग्यो
उसको हँसाइ अनि पछि आँखा तराइ मीठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पैले पैले कुरा गराइ अनि लजाइ मीठो लाग्यो
पैले खाली साथी भनि अनि मिल्ने साथी भनि
पैले खाली साथी भनि अनि मिल्ने साथी भनि
कैले कैले झुक्किएर उनले मायालु नै भनि
त्यो छुच्चीको डराइ डराइ माया गराइ मीठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पैले पैले कुरा गराइ अनि लजाइ मीठो लाग्यो
यति नगिच आइसकी सबै कुरा मलाई भन्छे
यति नगिच आइसकी सबै कुरा मलाई भन्छे
मेरो सामु रोइ दिन्छे माया भने होइन भन्छे
त्यो रुन्चीको हराइ हराइ आँशु झराइ मीठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पैले पैले कुरा गराइ अनि लजाइ मीठो लाग्यो
शब्दः
संगीतः
स्वरः