आजभोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
आजभोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
आजभोलि हरेक साँझ
रहरै रहरमा पिएँ, विवश भएर पिएँ
रहरै रहरमा पिएँ विवश भएर पिएँ
दुःखमा पिएँ, सुखमा पिएँ
दुःखमा पिएँ, सुखमा पिएँ
पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोलि जिन्दगानी छोट्टिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
आजभोलि हरेक साँझ
मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ
मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ
नाँचेर पिएँ, हाँसेर पिएँ
नाँचेर पिएँ, हाँसेर पिएँ
एकान्तमा कहिलेकाहीँ रुँदै पिएँ
आजभोलि हरेक रात रक्सिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
आजभोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
आजभोलि हरेक साँझ
आफूलाई बिर्सिन पिएँ, तिमीलाई सम्झिन पिएँ
आफूलाई बिर्सिन पिएँ, तिमीलाई सम्झिन पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
रक्सीको भ्रममा आँशु पिएँ
आजभोलि हरेक बिहान जाँडिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
आजभोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
आजभोलि हरेक साँझ
शब्द/सङ्गीतः भीम विराग
स्वरः नारायण गोपाल