बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा
डाँडा छ साक्षी केही दिन र राति नीद छैन आँखामा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा
तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर
मीठा मीठा कुरा जति मनमा साँचेर
तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर
मीठा मीठा कुरा जति मनमा साँचेर
डाँफे चरीझैँ म वेग मारी झुल्कूँला सामुमा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा
दुःख पनि नासिएला भाग्यमा घाम उदाए
सधैँभरि सुखी हूँला दर्शन उनको पाए
दुःख पनि नासिएला भाग्यमा घाम उदाए
सधैँभरि सुखी हूँला दर्शन उनको पाए
लैजाऊँला उनलाई हात समाइ ईश्वरको मन्दिरमा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा
बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा
डाँडा छ साक्षी केही दिन र राति नीद छैन आँखामा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा
शब्द: रत्नशम्शेर थापा
सङ्गीत/स्वर: नारायण गोपाल