माया बढ्दै बढ्दै गयो
दुरी घट्दै घट्दै गयो
हामीसँगै भएदेखि पीडा हट्दै हट्दै गयो
हट्दै गयो
डर लगनै छोड्यो त्यो कालो बादल देख्दा पनि
साँझपल गोधुँलीलाई अँध्यारोले छेक्दा पनि
अँध्यारोले छेक्दा पनि
डर लगनै छोड्यो त्यो कालो बादल देख्दा पनि
साँझपल गोधुँलीलाई अँध्यारोले छेक्दा पनि
अँध्यारोले छेक्दा पनि
खुशी बढ्दै बढ्दै गयो
दुरी घट्दै घट्दै गयो
हामीसँगै भएदेखि पीडा हट्दै हट्दै गयो
हट्दै गयो
झुल्किन्छ घामसँगै टल्किन्छ जूनसँग
बिहानीमा पातमाथि छल्किन्छ शीतसँगै
छल्किन्छ शीतसँगै
झुल्किन्छ घामसँगै टल्किन्छ जूनसँग
बिहानीमा पातमाथि छल्किन्छ शीतसँगै
छल्किन्छ शीतसँगै
नशा चढ्दै चढ्दै गयो
दुरी घट्दै घट्दै गयो
हामीसँगै भएदेखि पीडा हट्दै हट्दै गयो
हट्दै गयो
शब्दः
सङ्गीतः
स्वरः मीरा राणा