केही दिनहरू….

केही दिनहरू केही रातहरू
केही दिनहरू केही रातहरू
हाँसो खुशीका बरसातहरू
आऊ छेऊ बसेर देऊ मलाई
जुनीभरिका सौगातहरू
केही दिनहरू केही रातहरू

त्यो मुस्कान, त्यो लाज र त्यो सजीवता
हँसिलो मुहारको त्यो मोहकता
त्यो मुस्कान, त्यो लाज र त्यो सजीवता
हँसिलो मुहारको त्यो मोहकता
भरिएका कता, छरिएका कता
लौ भन मायालु माया राखूँ कता
माया राखूँ कता
केही दिनहरू केही रातहरू
केही दिनहरू केही रातहरू
हाँसो खुशीका बरसातहरू
आऊ छेऊ बसेर देऊ मलाई
जुनीभरिका सौगातहरू
केही दिनहरू केही रातहरू

त्यो घाम हो जून हो या लाली हो
त्यो सिम्रिक हो कि या सिँयाली हो
त्यो घाम हो जून हो या लाली हो
त्यो सिम्रिक हो कि या सिँयाली हो
त्यो अधर खुल्दा लाग्दछ मलाई
त्यो बिहान हो कि गोधूली हो
गोधूली हो
केही दिनहरू केही रातहरू
केही दिनहरू केही रातहरू
हाँसो खुशीका बरसातहरू
आऊ छेऊ बसेर देऊ मलाई
जुनीभरिका सौगातहरू
केही दिनहरू केही रातहरू
केही दिनहरू केही रातहरू

शब्दः राजेन्द्र थापा
सङ्गीतः शिवशङ्कर मानन्धर
स्वरः नगेन्द्र हाडा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
शनिबार, कार्तिक १, २०८३
माया बढ्दै बढ्दै……
Archives
Categories
Recent Posts
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
बिछोडको पीडा…..
बिहीबार, कार्तिक ६, २०८३
error: Content is protected !!