खसेको आँशु पुछिदेऊ तिमी
मनको कुरा बुझिदेऊ तिमी
तर्की-तर्की जान्छौ किन
एकदिन त नबोल्ने होइन
खसेको आँशु पुछिदेऊ तिमी
कति तिम्रो यादमा रहेँ, कति तिम्रो मायामा अल्झेँ
कति तिम्रो यादमा रहेँ, कति तिम्रो मायामा अल्झेँ
गयो मेरो जिन्दगी तिम्रो त्यो मोहनी रूपले
गयो मेरो जिन्दगी तिम्रो त्यो मोहनी रूपले
तिम्रो त्यो मोहनी रूपले
खसेको आँशु पुछिदेऊ तिमी
तिम्रो त्यो कलिलो यौवन पनि एकदिन त नझर्ने होइन
तिम्रो त्यो कलिलो यौवन पनि एकदिन त नझर्ने होइन
कसैले सम्हालिदिए जिन्दगी व्यथा बनाइदेला
कसैले सम्हालिदिए जिन्दगी व्यथा बनाइदेला
जिन्दगी व्यथा बनाइदेला
खसेको आँशु पुछिदेऊ तिमी
मनको कुरा बुझिदेऊ तिमी
तर्की-तर्की जान्छौ किन
एकदिन त नबोल्ने होइन
खसेको आँशु पुछिदेऊ तिमी
शब्द/स्वरः मञ्जु सिंह
सङ्गीतः मदन परियार