मुटुभरि भरि…..

मुटुभरि भरि समेटिनेछ सबैको माया प्रेरणाहरू
हृदयभरि भरि गुञ्जिरहनेछ सृजनाको धुनहरू
छातीभरि भरि मेरो अटाउनेछ सबैको यादहरू
दिन मैले के पो सकेँ? पाउन भने धेरै नै पाएँ साथहरू
आफ्नै बने यी सारा संसारहरू

साथीभाइहरूले लाएको गुनहरूसँगै
मैले सृजना गरेको यो धुनहरू साट्दै
सबलाई माया गर्ने कसम मैले खाएँ
सबलाई मीठो सन्देश छर्ने वाचा मैले गरेँ
मुटुभरि भरि समेटिनेछ सबैको माया, प्रेरणाहरू
हृदयभरि भरि गुञ्जिरहनेछ सृजनाको धुनहरू

उनीहरूको अन्तरात्मा नै सधैँ
डुल्दै, रम्दै, अल्झिरहेर नै सधैँ
सबलाई आफ्नो भन्ने कसम मैले खाएँ
सबलाई माया गर्ने वाचा मैले गरेँ
मुटुभरि भरि समेटिनेछ सबैको माया, प्रेरणाहरू
हृदयभरि भरि गुञ्जिरहनेछ सृजनाको धुनहरू
छातीभरि भरि मेरो अटाउनेछ सबैको यादहरू
दिन मैले के पो सकेँ? पाउन भने धेरै नै पाएँ साथहरू
आफ्नै बने यी सारा संसारहरू
आफ्नै बने यी सारा संसारहरू

शब्द/सङ्गीतः १९७४ ए.डि
स्वरः एड्रिन प्रधान
ब्याण्डः १९७४ ए.डि

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!