कति टाढा…….

कति टाढा खोलाको किनार
कति टाढा सपना मेरा
बगरमात्रै बाटोमा पर्छन्
कति टाढा जीवन मेरा

वैँशलाई मात्र जिन्दगीभरि रोकेर भएन
कतिका पाइला छेकुँला भन्थेँ छेकेर भएन
वैँशलाई मात्र जिन्दगीभरि रोकेर भएन
कतिका पाइला छेकुँला भन्थेँ छेकेर भएन
कति टाढा ती वश मेरा
कति टाढा निःस्वास मेरा

बितेका कुरा कागजमात्र लेखेर भएन
व्यर्थै पानी आँशु हुन् भनी पोखेर भएन
बितेका कुरा कागजमात्र लेखेर भएन
व्यर्थै पानी आँशु हुन् भनी पोखेर भएन
कति टाढा आकाश सारा
कति टाढा विश्वास मेरा
बगरमात्रै बाटोमा पर्छन्
कति टाढा जोवन मेरा
कति टाढा जोवन मेरा

शब्दः ईश्वर बल्लभ
सङ्गीतः नातिकाजी
स्वरः कमला श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!