मायालु हजार हुन्छन्……..

मायालु हजार हुन्छन् तर माया एक हुन्छ
बुझेर माया देऊ, दिनु पर्ने एउटै हुन्छ
दिनु पर्ने एउटै हुन्छ

मिलनका म्वाईहरू मायाका चिन्ह होइनन्
तृष्णाले छट्पटेका यौवनका दोष ति हुन्
मायाको गुण मुटुको गहिराईभित्र हुन्छ
त्यो लिन गाह्रो हुन्छ,
दिन पनि गाह्रो हुन्छ

सोचेर माया लेऊ, सम्झेर माया देऊ
एकपल्ट साटेपछि फर्काउन गाह्रो हुन्छ
फर्काउन गाह्रो हुन्छ

माया सधै नै चोखो सत्य र अमर हुन्छ
बरु कोही मायालु नै जुठो र झुठो हुन्छ
मायालुहरू मारेर मर्दैन मायाहरू
लाशमाथि पनि माया बाँचिरहेकै हुन्छ
जानेर माया लाऊ, मायाको अर्थ के हो
मनपरी माया गर्दा लाज मर्दो पनि हुन्छ
लाज मर्दो पनि हुन्छ

शब्द/संगीतः गोपाल योञ्जन
स्वरः गोपाल योञ्जन/
स्वरः ध्रुव के.सी.

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!