मुटुभरि माया बोकी बाटो हेर्दा हेर्दै
दिन बिते वर्ष बिते आशा गर्दा गर्दै
मुटुभरि
वेदना सल्की पोली नै रह्यो झन् चोट थपेर
वेदना सल्की पोली नै रह्यो झन् चोट थपेर
हृदय व्यथा जली नै रह्यो अतीत सम्झेर
उजाड लाग्यो रङ्गिन संसार सम्झँदा सम्झँदै
मुटुभरि माया बोकी बाटो हेर्दा हेर्दै
दिन बिते वर्ष बिते आशा गर्दा गर्दै
मुटुभरि
नरोक कोही विरही ज्वाला सल्केर जाँदैछ
नरोक कोही विरही ज्वाला सल्केर जाँदैछ
नसोध केही मनको इच्छा झन् टाढा जाँदैछ
जुन फूल आज विशालु काँडा बनेर दिँदैछ
मुटुभरि माया बोकी बाटो हेर्दा हेर्दै
दिन बिते वर्ष बिते आशा गर्दा गर्दै
मुटुभरि
शब्दः भैरवनाथ रिमाल
सङ्गीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान