फूलको पातमा दुई थोपा आँशु यो मेरो खस्यो कि
हाय…. यो मेरो खस्यो कि
गढेको तस्वीर यो मेरो दिलमा त्यही आज बस्यो कि
फूलको पातमा दुई थोपा आँशु यो मेरो खस्यो कि
गगनबीचको झुल्किने तारा कुन चाहिँ हाँस्ने हो
गगनबीचको झुल्किने तारा कुन चाहिँ हाँस्ने हो
धर्ती छेऊको यो एक्लो जीवन कसलाई साँच्ने हो
हाय…. कसलाई साँच्ने हो
कलिलो रूप देखेर मैले यो माया थापेछु
हातम आफ्नै खेलाइ फूल काँडा पो घोपेछु
हाय…. काँडा पो घोपेछु
फूलको पातमा दुई थोपा आँशु यो मेरो खस्यो कि
हाय…. यो मेरो खस्यो कि
शब्दः रवीन्द्र शाह
सङ्गीत/स्वरः नातिकाजी