क्या राम्रो मालचरा उड्यो भरर
क्या राम्रो मालचरा उड्यो भरर
बइमानी छौ भन्नी कल्ले जान्यो र
बइमानी छौ भन्नी कल्ले जान्यो र
जाले रूमाल पधैँरी धुम कति कति
जाले रूमाल पधैँरी धुम कति कति
माया तिम्लाई सम्झी सम्झी रुन्छु कति कति
क्या राम्रो मालचरा उड्यो भरर
बइमानी छौ भन्नी कल्ले जान्यो र
बइमानी छौ भन्नी कल्ले जान्यो र
बाटोमुनि बाटोमाथि वर पीपलको छायाँ
बाटोमुनि बाटोमाथि वर पीपलको छायाँ
जति टाढा भए पनि नमेटिने माया
क्या राम्रो मालचरा उड्यो भरर
बइमानी छौ भन्नी कल्ले जान्यो र
बइमानी छौ भन्नी कल्ले जान्यो र
धानको बाला लरिबरि कोदाको कपनी
धानको बाला लरिबरि कोदाको कपनी
बैगुनीले बिर्सिगयो देख्दिनँ सपनी
क्या राम्रो मालचरा उड्यो भरर
बइमानी छौ भन्नी कल्ले जान्यो र
बइमानी छौ भन्नी कल्ले जान्यो र
बइमानी छौ भन्नी कल्ले जान्यो र
बइमानी छौ भन्नी कल्ले जान्यो र
सङ्कलकः अम्बिका देवी मानन्धर
स्वरः सावित्री शाह