आएन नीद रातभर म तिम्रै बाटो हेरिरहेँ
आएन नीद रातभर म तिम्रै बाटो हेरिरहेँ
दिलमा ठुलो दर्द लिई नयनमा नीद भरिरहेँ
घनघोर आँधी तुफान चलेको
कालो मेघ बर्सिरहेको
घनघोर आँधी तुफान चलेको
कालो मेघ बर्सिरहेको
दिलमा छ मेरो चोट लुकेको
त्यै पनि पर्खी बाँचिरहेँ
आएन नीद रातभर म तिम्रै बाटो हेरिरहेँ
चाँद तारा साथी बनाएँ
मेरै कहानी सुनाएँ
चाँद तारा साथी बनाएँ
मेरै कहानी सुनाएँ
चारै तरफ नजर घुमाएँ
मुटु त मैले सेकिरहेँ
आएन नीद रातभर म तिम्रै बाटो हेरिरहेँ
म तिम्रै बाटो हेरिरहेँ
शब्दः रविन्द्र शाह
सङ्गीतः नातिकाजी
स्वरः गौरी के.सी.