तिम्ले जति नै माया दिए………

तिम्ले जति नै माया दिए पनि मेरो माया
मुटुको तिर्खा मेटिने छैन यो जुनीभरिमा
तिमीलाई जति नै दिऊँ यो मुटुबाट झिकेर
माया यो मेरो सिद्धिने छैन सैयौ सय जुनीमा

आँशुका झरीले व्यथाका बादल लिई आएर
कहिले सक्ने छैनन् पखाल्न धमिल्याउन
हर्षको सीमा नाघी न बने बर्सिदिए पानी
कहिले सक्ने छैन बढ्न माया यो भन्दा बढी
तिम्ले जति नै माया दिए पनि मेरो माया
मुटुको तिर्खा मेटिने छैन यो जुनीभरिमा

धर्तीले समेटी उठिदिएछ माया यो हाम्रो
क्षितिज नाघी फैलिदिएछ अनन्तसम्म नै
दुईटा मुटु बोलेछ त्यहाँ एउटै आत्मामा
स्वर्ग र धरा बस्छ त्यहाँ एउटै आँगनमा
तिम्ले जति नै माया दिए पनि मेरो माया
मुटुको तिर्खा मेटिने छैन यो जुनीभरिमा

शब्दः चाँदनी शाह
सङ्गीतः नातिकाजी
स्वरः तारादेवी

 

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
Archives
Categories
Recent Posts
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
error: Content is protected !!