मलाई पिउनुको आनन्द तिम्रो नजरमा लिन देऊ
मेरो क्रोधी आँखाले निल्न नसक्ने भो
मलाई जीवनको मोति तिम्रो जीवनमा लिन देऊ
मेरो चिरेको मुटुमा मिल्न नसक्ने भो
मलाई पिउनुको आनन्द तिम्रो नजरमा लिन देऊ
मलाई दिलको नमुना तिम्रो आदर्श दिलमा खोज्न देऊ
मेरो जलेको हृदयमा मिल्न नसक्ने भो
मलाई व्यर्थको गीतमा
मलाई व्यर्थको गीतमा तिम्रो पिरती पोख्न देऊ
मेरो बेचैन आँशुमा मिल्न नसक्ने भो
मलाई पिउनुको आनन्द तिम्रो नजरमा लिन देऊ
मलाई दर्दको परीधिबाट तिम्रो हर्षमा रम्न देऊ
मेरो भाग्यमा लेख्दा मिल्न नसक्ने भो
मलाई दर्दको परीधिबाट तिम्रो हर्षमा रम्न देऊ
मेरो भाग्यमा लेख्दा मिल्न नसक्ने भो
मलाई निराश जिन्दगीबाट
मलाई निराश जिन्दगीबाट आशालु नयनमा बस्न देऊ
मेरो असन्तुष्ट मुटुमा मिल्न नसक्ने भो
मलाई पिउनुको आनन्द तिम्रो नजरमा लिन देऊ
मेरो क्रोधी आँखाले निल्न नसक्ने भो
मलाई जीवनको मोति तिम्रो जीवनमा लिन देऊ
मेरो चिरेको मुटुमा मिल्न नसक्ने भो
मलाई पिउनुको आनन्द तिम्रो नजरमा लिन देऊ
शब्दः जी. शाह
सङ्गीतः शिव शङ्कर मानन्धर
स्वरः योगेश वैद्य