लाग्दछ मन……….

लाग्दछ मन तिमी कहाँ आउन चरी झै उडेर, हो उडेर
जनमभर नमर्ने माया लाउन हामी है मिलेर, हो मिलेर है

किन है रुनु कल्पेर यहाँ दुई दिनको जीवनमा
आउने छैन योवन यस्तो यो सारा जुनीमा
यस्तो यो सारा जुनीमा
किन है रुनु कल्पेर यहाँ दुई दिनको जीवनमा
आउने छैन योवन यस्तो यो सारा जुनीमा
यस्तो यो सारा जुनीमा
बाँचुन्जेल हाँसुला, खेली खेली एक नै भएर, हो भएर
लाग्दछ मन तिमी कहाँ आउन चरी झै उडेर, हो उडेर

हँसिलो जून चाहिन्न कहिले हामीलााई हँसाउन
दुई मन एकै भएमा सक्दैन कोही रुवाउन
सक्दैन कोही रुवाउन
हँसिलो जून चाहिन्न कहिले हामीलााई हँसाउन
दुई मन एकै भएमा सक्दैन कोही रुवाउन
सक्दैन कोही रुवाउन
साथैमा बाँच्ने साथैमा मर्ने वाचा नै खाएर, हो खाएर
लाग्दछ मन तिमी कहाँ आउन चरी झै उडेर, हो उडेर
जनमभर नमर्ने माया लाउन हामी है मिलेर, हो मिलेर है

शब्दः युधिर शम्शेर थापा
संगीत/स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!