जिन्दगीलाई जीत हैन………

हेर धर्ती डग्मगाई दिलमा ज्वाला गुम्सिएर
जून जल्दै छटपटाई तारादेखि तर्सिएर

जिन्दगीलाई जीत हैन, हारले स्वागत गरी
हिँड्छे ऊ फूल हैन, आँशुका मोती छरी
जिन्दगीलाई जीत हैन, हारले स्वागत गरी
हिँड्छे ऊ फूल हैन, आँशुका मोती छरी
जिन्दगीलाई जीत हैन हारले स्वागत गरी

लच्छिनकी मूर्ति आज, पत्थर झै फालिन्छे
लच्छिनकी मूर्ति आज, पत्थर झै फालिन्छे
दुश्मन यो दुनियालाई
दुश्मन यो दुनियालाई प्यार गर्दै छाडिदिन्छे
बाँझो भयो संसार यो, बिझाउने मान्छेहरू
वसन्त नै विधुवा भई, आगो भए फूलहरू
जिन्दगीलाई जीत हैन, हारले स्वागत गरी

कति माया कति मोह उसले यहाँ रोपेकी थिई
कति माया कति मोह उसले यहाँ रोपेकी थिई
कति मर्म कति पीडा
कति मर्म कति पीडा उसले मनमै छोपेकी थिई
आज एउटी देवी जल्छे, मन्दिर कै नाता तोडी
आज एउटी नारी जान्छे, आफ्नै छायाँलाई छोडी
जिन्दगीलाई जीत हैन, हारले स्वागत गरी

हाँसी खेली यहीँ धुलोमा, उसले बाँच्न चाहेकी थिई
हाँसी खेली यहीँ धुलोमा, उसले बाँच्न चाहेकी थिई
मानिसले मानिस कै
मानिसले मानिस कै एक मुठ्ठी प्रेम मागेकी थिई
सिउँदोको सिन्दुर मात्र, हैन उसको मेटिएको
देखिदैन किन्तु उसको, हृदय नै छ रेटिएको
जिन्दगीलाई जीत हैन, हारले स्वागत गरी

शब्दः किरण खरेल
संगीतः जयदेव
स्वरः मन्ना डे
चलचित्रः माइतीघर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!