भगवान दर्शन कसरी…….

भगवान दर्शन कसरी म पाऊँ
भगवान दर्शन कसरी म पाऊँ
सबतिर तिम्रै बास म देख्छु
सबतिर तिम्रै बास म देख्छु
मन्दिर कसरी ठम्याऊँ
भगवान दर्शन कसरी म पाऊँ
भगवान

भूवन बगैँचाका प्रभु माली
कस्तो फूल चढाऊँ
सबतिर तिम्रै सौरभ चल्छ
धुप नयाँ कुन ल्याऊँ
सब हो तिम्रो के छ र मेरो
प्रभुमा भोग लगाऊँ
ज्योतिर्मयकै ज्योति छ सबतिर
ज्योतिर्मयकै ज्योति छ सबतिर
आरती केमा सजाऊँ
भगवान दर्शन कसरी म पाऊँ
भगवान…

सबतिर तिम्रै स्नेह छ वग्दै
तिर्थ नयाँ कुन धाऊँ
तिर्थहरूका तिर्थ स्वयम् छौ
के अभिषेक गराऊँ
साधन द्वारा प्रभुमा पुग्ने
छैन कतै तिर ठाऊँ
अरू केही छैन उपाय प्रभु अब
अरू केही छैन उपाय प्रभु अब
शरण चरण मैं पाऊँ
भगवान दर्शन कसरी म पाऊँ
सबतिर तिम्रै बास म देख्छु
सबतिर तिम्रै बास म देख्छु
मन्दिर कसरी ठम्याउँ
भगवान दर्शन कसरी म पाऊँ
भगवान

शब्दः खेमराज केशवशरण
संगीत/स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!