ऐनै ऐनाको रहेछ यो मेरो घर
रगतको तातोपनाले जोगाऊँ भन्थेँ
चर्की गयो सब आफ्नै अगाडि
चर्की गयो सब आफ्नै अगाडि
थाहा पाएँ अनि त्यो पानी पो भनेर
ऐनै ऐनाको रहेछ यो मेरो घर
कलिलो यौवन अस्थिर मन सपना धेरै थिए
टुटेर गए एकपछि अर्को म मात्र बाँकी रहेँ
सहारा लिने ठाउँ खोज्दा म त कता अलमलिएँ
थाहा पाएँ अनि माया दिने कोही पराया बनेछ
हो…ऐनै ऐनाको रहेछ यो मेरो घर
चढाउने थिएन केही छोडेर आफ्ना भावना
हाँसी हाँसी रिझाऊँ भन्थेँ सबैको माया पाएर
बुझ्न तयार भएनन् कोही व्यथा रहेको दिलमा
थाहा पाएँ अनि मुटु कसैको चिसो पत्थर भएछ
ऐनै ऐनाको रहेछ यो मेरो घर
रगतको तातोपनाले जोगाऊँ भन्थेँ
चर्की गयो सब आफ्नै अगाडि
चर्की गयो सब आफ्नै अगाडि
थाहा पाएँ अनि त्यो पानी पो भनेर
ऐनै ऐनाको रहेछ यो मेरो घर
शब्दः अजनबी शाह
संगीतः शक्ति बल्भव
स्वरः रविन शर्मा