यति चाँडै कसरी बिर्सुँ सिम्सिमे पानीले रुझेको
सिम्सिमे पानीले रुझेको
मोतिजस्तो पानीको थोपा तिम्रो कालो केसमा तर्केको
तिम्रो कालो केसमा तर्केको
सुनसान बाटो थियो सुनबुट्टे रात
हिँड्दा हिँड्दै छोइएथे सुकुमारी हात
धड्कनले आपसमा गरेका झै कुरा
झन्झनाइ बजे तिम्रा चिर्बिरे चुरा
यति चाँडै कसरी बिर्सुँ सिम्सिमे पानीले रुझेको
सिम्सिमे पानीले रुझेको
बाटो हिँड्ने दुईजना एउटा थियो छाता
गुलाफी ती तिम्रा गाला देखिएथे राता
तिम्रो भने भिजेको थियो आधा जिउ सारा
मैले भने पुछेको थिएँ पसिनाका धारा
यति चाँडै कसरी बिर्सुँ सिम्सिमे पानीले रुझेको
सिम्सिमे पानीले रुझेको
कपालको पानीलाई पृथ्वीमा छर्की
कुन्नी किन भागेकी थियौ अलिकती तर्की
दुई कदम पर तिम्रा पाउ रोकिएथे
अचानक यो छातीमा सास छेकिएथे
यति चाँडै कसरी बिर्सुँ सिम्सिमे पानीले रुझेको
सिम्सिमे पानीले रुझेको
शब्दः किरण खरेल
संगीत/स्वरः शिव शंकर मानन्धर