बेहुली बन्ने मेरो धोको
डोली चढ्ने मेरो धोको
मेरो आँशुले नै बगायो
मेरो भाग्यले नै भगायो
मेरो आँशुले नै बगायो
मुक्ति हैन दुवै हातमा चुरा लगाई बाँधिदेऊ
स्वर्ग हैन मलाई सानो मुटुभित्र थुनिदेऊ
दशै औँला दिई दिन्थेँ एक औँली औँठी दिए
हारी सधै निहु्री दिन्थेँ एक झुत्तो पोते दिए
चन्द्र चुन्ने मेरो धोको
सनई सुन्ने मेरो धोको
मेरो आँशुले नै बगायो
निराश निराश निधारले रातो रातो टिका रोज्यो
उदास उदास सिउँदोले सिन्दुरको रेखा खोज्यो
सारा संगी छोडी दिन्थेँ एक जन्ती भेट्न पाएँ
आफैलाई बिर्सिदिन्थेँ एक लगन देख्न पाएँ
ऐना हेर्ने मेरो धोको
चोली फेर्ने मेरो धोको
मेरो आँशुले नै बगायो
शब्दः किरण खरेल
संगीतः शिव शंकर मानन्धर
स्वरः तारा देवी