तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
तिमीले कुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
डाहा हैन न त ईर्ष्या नै हो
जलन हैन न त शङ्का नै हो
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई
तिमीले बोल्दा कसैलाई केस बन्छ यो मनलाई
तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचला
सङ्कीर्ण हैन न त गुनासो हो
च्याँखे थापेको न त पासो नै हो
तिमीले…
डाहा हैन, न त ईर्ष्या नै हो
जलन हैन, न त शङ्का नै हो
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
शब्दः मनोज आचार्य
संगीत/स्वरः नविन के. भट्टराई