डाँडैमा मेला लागेछ
कान्छीले बोलाई राखेछ
गावैमा मेला लागेछ
कसैलेले बोलाई राखेछ
नजाऊ भने उसले पर्खी बसेछ
नजाऊ भने उसले पर्खी बसेछ
डाँडैमा मेला लागेछ
डाँडापारि घाम झुल्किन्छ
वारि वनमा न्याउली गाउँछ
डाँडापारि घाम झुल्किन्छ
वारि वनमा न्याउली गाउँछ
सुनेर मन मेरो उडाई लगेछ
सुनेर मन मेरो उडाई लगेछ
डाँडैमा मेला लागेछ
गाउँभरि हिउँले ढाकेछ
लालिगुराँस फूल फुलेछ
गाउँभरि हिउँले ढाकेछ
लालिगुराँस फूल फुलेछ
देखाउँदै उसले मलाई भुलाई राखेछ
देखाउँदै उसले मलाई भुलाई राखेछ
डाँडैमा मेला लागेछ
कान्छीले बोलाई राखेछ
गावैमा मेला लागेछ
कसैलेले बोलाई राखेछ
नजाऊ भने उसले पर्खी बसेछ
नजाऊ भने उसले पर्खी बसेछ
डाँडैमा मेला लागेछ
शब्द/संगीतः स्काई ब्याण्ड
स्वरः दुर्गाकाजी शाक्य