चोखो निस्वार्थ माया गरेँ
अर्थ भेटेर माया बुझेँ
माया अमूल्य छ, माया अमूल्य छ
तिम्रो नजरभरि हेरेँ
तिम्रो रहर खोली हेरेँ
जिउन पर्याप्त छ
सूर्य उदाई दिए पनि
चन्द्र उदाए पनि
पृथ्वी एउटै छ
सूर्य उदाई दिए पनि
चन्द्र उदाए पनि
पृथ्वी एउटै छ
निन्द्रा परेर बिर्से पनि, सम्झी ब्युँझेर हेरे पनि
जीव उही नै छ, जीव उही नै छ
चोखो निस्वार्थ माया गरेँ
अर्थ भेटेर माया बुझेँ
माया अमूल्य छ, माया अमूल्य छ
मन खुशीले हाँसी दिदाँ, मन दुःखले दुःखी दिदाँ
माया उस्तै नै छ
मन खुशीले हाँसी दिदाँ, मन दुःखले दुःखी दिदाँ
माया उस्तै नै छ
युवा वैशले छोई दिदाँ अधवैशमा पुगी दिदाँ
मन उस्तै नै छ, मन उस्तै नै छ
चोखो निस्वार्थ माया गरेँ
अर्थ भेटेर माया बुझेँ
माया अमूल्य छ, माया अमूल्य छ
माया अमूल्य छ
शब्दः चाँदनी शाह
संगीतः नातीकाजी
स्वरः तारा देवी