यो सम्मान के गर्नु मरेपछि मिल्ने
यो सम्मान के गर्नु मरेपछि मिल्ने
रहेसम्म सास कोही छैन हेर्ने
के हेर्छौ ए मान्छे भए केही विवेक
यो कालो परिधि चिथोरेर फ्याँक
यो सम्मान के गर्नु मरेपछि मिल्ने
न खानु न उड्नु न गर्जोमा टार्नु
यो फूल यो माला यो ताली के गर्नु
फेरि किन बोक्छौ यो पूजाको थाली
अरू पाप गर्ने यो हो कि तयारी
फेरि किन बोक्छौ यो पूजाको थाली
अरू पाप गर्ने यो हो कि तयारी
यो सम्मान के गर्नु मरेपछि मिल्ने
मेरो लागि मात्रै यो हैन सराप
तिमी भोलि पर्छौ रहे यो धराप
रहे यही चाला यो मान्छेको बस्ती
निकम्मा हुनेछ नहुँदै नि पर्सी
रहे यही चाला यो मान्छेको बस्ती
निकम्मा हुनेछ नहुँदै नि पर्सी
यो सम्मान के गर्नु मरेपछि मिल्ने
यो सम्मान के गर्नु मरेपछि मिल्ने
रहेसम्म सास कोही छैन हेर्ने
के हेर्छौ ए मान्छे भए केही विवेक
यो कालो परिधि चिथोरेर फ्याँक
यो सम्मान के गर्नु मरेपछि मिल्ने
शब्दः दिनेश अधिकारी
सङ्गीतः रञ्जीत गजमेर
स्वरः प्रेमध्वज प्रधान
चलचित्रः जीवन सङ्घर्ष