यो पहर……

यो पहर कहीँ बतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो शहर छाडी हतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर

शिखरका कुरा के गरौ अब
पाइलाहरू नै चुलिदै गए
यौवनका कुरा के गरौं अब
भावना नै सुस्ताउँदै गए
आँखाभरि राखेर तिमीलाई लाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर कहीँ बतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर

मायाको सीमाना नाघे पनि
मायाकै तालमा डुबिरहेछु
मनको साँघु तरे पनि अहिले
मनकै किनारमा पुगिरहेछु
कलेजीमा गाँठो पारी तिमीलाई लाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर कहीँ बतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो शहर छाडी हतासिएर जाँदैछु म
जाँदैछु म, जाँदैछु म, जाँदैछु म
यो पहर

शब्दः इन्दिरा प्रसाईँ
सङ्गीत: दिपक जंगम
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!