यो मायाले गरेन…….

यो मायाले गरेन केई वास्ता
चौतारीको हजुर छेवैमा म बस्दा
हिउँदे सिमीलाई
ए माया बइमानी पर्ख तिमीलाई
ए माया बइमानी पर्ख तिमीलाई
काँ देखुम् एक झल्को
काँ देखुम् एक झल्को
पानी तालको हजुर पछियौरी मलमलको
काँ देखुम् एक झल्को
काँ देखुम् एक झल्को
पानी तालको हजुर पछियौरी मलमलको

यसो गरी लाएको पिरती
कसो गरी हजुर जाने हो …….
चौतारीमा वर
काँ होला दाइ मेरो जुग बिताउने घर
काँ होला दाइ मेरो जुग बिताउने घर
मनैले के देख्यो
मनैले के देख्यो
के गरम् त हजुर भावीले जे लेख्यो
मनैले के देख्यो
मनैले के देख्यो
के गरम् त हजुर भावीले जे लेख्यो

होला माया छ किन छैन र
छ भन्दैमा हजुर बोलाउन भइन र
हाँगै बाङ्गे वर
गुल्मीको मायाजाल अर्घखाँची घर
गुल्मीको मायाजाल अर्घखाँची घर
के गरूम् के गरूम्
के गरूम् के गरूम्
कसलाई सोधुम् हजुर बाँचुम् कि मै मरूम् के गरूम् के गरूम्
के गरूम् के गरूम्
कसलाई सोधुम् हजुर बाँचुम् कि मै मरूम्
कसलाई सोधुम् हजुर बाँचुम् कि मै मरूम्
कसलाई सोधुम् हजुर बाँचुम् कि मै मरूम्

सङ्कलनः नेत्र खनाल
स्वरः तारा थापा र गङ्गा राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!