यो माया दिदैँ छु ल है सम्झना स्वरूप उपहार
अनन्तसम्म सजाउनु है पहिलो मायाको उपहार
पहिलो मायाको उपहार
पहिलो भेटमा आँखा जुध्यो
दोस्रो भेटमा माया बस्यो
पहिलो भेटमा आँखा जुध्यो
दोस्रो भेटमा माया बस्यो
हुँदा हुँदै प्रीतिको डोरी
झन्झन् गाँठो भयो
झन्झन् गाँठो भयो
यो माया दिदैँ छु सम्झना स्वरूप उपहार
सम्झना स्वरूप उपहार
अब हामी एक हौ दिन
बाँच्न साह्रै कठिन भयो
अब हामी एक हौ दिन
बाँच्न साह्रै कठिन भयो
तिम्रो माया मेरो लागि
यो देहको छायाँ बन्यो
यो देहको छायाँ बन्यो
यो माया दिदैँ छु ल है सम्झना स्वरूप उपहार
अनन्तसम्म सजाउनु है पहिलो मायाको उपहार
पहिलो मायाको उपहार
शब्दः बालकृष्ण ‘सजीव’
संगीतः ज्योति घिमिरे
स्वरः प्रेमध्वज प्रधान