यो मौसम यो हरियाली………

यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
नीरस नीरस लाग्छ मलाई तिमीबिना हर चीजहरू
यो मौसम

चिसो झर्ना हेरि के गर्नु जब कि मनमा प्यास छ
यो रमझममा कसरी रम्नु जब कि अधुरो आश छ
चिसो झर्ना हेरि के गर्नु जब कि मनमा प्यास छ
यो रमझममा कसरी रम्नु जब कि अधुरो आश छ
यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
नीरस नीरस लाग्छ मलाई तिमीबिना हर चीजहरू
यो मौसम

गुञ्जनमा म जब सुन्दिनँ तिम्ले दिएको जवाफ केई
यो प्रकृतिको सुन्दर सिर्जना लाग्छ मलाई अभाव नै
गुञ्जनमा म जब सुन्दिनँ तिम्ले दिएको जवाफ केई
यो प्रकृतिको सुन्दर सिर्जना लाग्छ मलाई अभाव नै
यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
नीरस नीरस लाग्छ मलाई तिमीबिना हर चीजहरू

रुझेको आँखाले कसरी देखुँ सुन्दरता
हारिराखेको दिलहरूले कसरी सम्झु शीतलता
रुझेको आँखाले कसरी देखुँ सुन्दरता
हारिराखेको दिलहरूले कसरी सम्झु शीतलता
यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
नीरस नीरस लाग्छ मलाई तिमीबिना हर चीजहरू
यो मौसम

शब्दः किरण खरेल
संगीत/स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!