यो मन बहलाउने ठाउँ खोज्दा खोज्दै
यो मन बहलाउने ठाउँ खोज्दा खोज्दै
तिमीलाई नै पाएँ
ढुङ्गा खोज्दा देवी पाएँ
यो मन बहलाउने ठाउँ खोज्दा खोज्दै
मेरी माया साह्रै नै राम्री, हो हो
गुरास झैँ फुलेकी, कमल झैँ फुलेकी
मेरी माया साह्रै नै राम्री, हो हो
गुराँस झैँ फुलेकी, कमल झैँ फुलेकी
बादलबीच पूर्णिमाको जून झैँ फुलेकी
जून झैँ फुलेकी
यो मन बहलाउने ठाउँ खोज्दा खोज्दै
तिमीलाई नै पाएँ
ढुङ्गा खोज्दा देवी पाएँ
तिम्रो माया किन हो किन, हो हो
यस्तरी लाग्दछ नजिक मेरो तिमी हुँदा
तिम्रो माया किन हो किन, हो हो
यस्तरी लाग्दछ नजिक मेरो तिमी हुँदा
नजिक मेरो तिमी हुँदा हराऊँ हराऊँ मन लाग्छ
स्वर्ग डुल्न मन लाग्छ
यो मन बहलाउने ठाउँ खोज्दा खोज्दै
तिमीलाई नै पाएँ
ढुङ्गा खोज्दा देवी पाएँ
यो मन बहलाउने ठाउँ खोज्दा खोज्दै
यो मन बहलाउने ठाउँ खोज्दा खोज्दै
यो मन बहलाउने ठाउँ खोज्दा खोज्दै
शब्दः
संगीतः
स्वरः प्रेमध्वज प्रधान