यो कथा शुरू गरेर कहाँ अन्त गर्नु मैले
यी सल्किएका आकाशलाई कहाँ शान्त गर्नु मैले
कहाँ शान्त गर्नु मैले
यो कथा शुरू गरेर
रूपौलो मधुमास आज आएको हो कि होइन
रूपौलो मधुमास आज आएको हो कि होइन
मनमा कता त्यो माया छाएको हो कि होइन
तर साँझका आवाज जस्ता झंकार केको आयो
यी बजिरहेका तारहरू कहाँ बन्द गर्नु मैले
यो कथा शुरू गरेर
मेरा अनेक आशहरू पानी भएर बग्छन्
मेरा अनेक आशहरू पानी भएर बग्छन्
सागर त हो भुलहरूको किनार हो कि होइन
यो उराँठ बिरानोपनमा हरियाली कसले ल्याउँछ
त्यो रूप त्यो बिम कहाँ अब खोज्न जानु मैले
यो कथा शुरू गरेर कहाँ अन्त गर्नु मैले
यी सल्किएका आकाशलाई कहाँ शान्त गर्नु मैले
कहाँ शान्त गर्नु मैले
यो कथा शुरू गरेर
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य