यो हो गीत……….

यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथेँ विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथेँ विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर

उडि हिँड्ने चरीले नाची हिँड्ने परीले
उडि हिँड्ने चरीले नाची हिँड्ने परीले
मनको कुरा जानिन हात मेरो थामिन
आएको छु मायालु दिन्छौ कि त मलाई शरण
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथें विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर

पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको
पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको
हाँसो खेल्ने ओठमा विरह छ बसेको
दिलमा चैन छैन हजुर आँखामा छ आँशु बरबर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथेँ विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर

आशा मेरो लामो छ जिन्दगी यो छोटो छ
आशा मेरो लामो छ जिन्दगी यो छोटो छ
तिमीलाई पाउने मात्र एक धोको छ
कोसेली यो मायाको बिन्ती छ है फिर्ता नगर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथेँ विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर
सम्झी लेऊ फरर हृदयको पाना गनेर

शब्दः शान्ति सिंह
संगीत/स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!