यो हो गीत……….

यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथेँ विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथेँ विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर

उडि हिँड्ने चरीले नाची हिँड्ने परीले
उडि हिँड्ने चरीले नाची हिँड्ने परीले
मनको कुरा जानिन हात मेरो थामिन
आएको छु मायालु दिन्छौ कि त मलाई शरण
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथें विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर

पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको
पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको
हाँसो खेल्ने ओठमा विरह छ बसेको
दिलमा चैन छैन हजुर आँखामा छ आँशु बरबर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथेँ विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर

आशा मेरो लामो छ जिन्दगी यो छोटो छ
आशा मेरो लामो छ जिन्दगी यो छोटो छ
तिमीलाई पाउने मात्र एक धोको छ
कोसेली यो मायाको बिन्ती छ है फिर्ता नगर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथेँ विपनामा गाएछु
सम्झी लेऊ फरर हृदयको पाना गनेर
सम्झी लेऊ फरर हृदयको पाना गनेर

शब्दः शान्ति सिंह
संगीत/स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!