यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा
आँखामा निद भएन दुई रात हजुर नहुँदा
यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा
आँखामा नीद भएन दुई रात हजुर नहुँदा
हजुरैको याद दिएर यहाँ फूल फुलेको हुन्छ
हजुरैको याद दिएर यहाँ फूल फुलेको हुन्छ
सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ
आगोसरि भो पोल्ने बर्षात् हजुर नहुँदा
आँखामा नीद भएन दुई रात हजुर नहुँदा
निरस यहाँको चन्दा निरस यहाँका तारा
निरस यहाँको चन्दा निरस यहाँका तारा
निरस धराको सारा निरस उषा किनारा
पीडासरि भो दिलमा उन्माद हजुर नहुँदा
आँखामा नीद भएन दुई रात हजुर नहुँदा
शब्दः राममान तृषित
संगीतः कल्याण रिमाल
स्वरः कल्याण रिमाल र बिजु रिमाल