यो छाती मेरो चिरेर हेरेँ नेपाल देख्ने छौ
नभुल्ने गरी हृदयबीच सम्झना लेख्ने छौ
यो छाती मेरो चिरेर हेरेँ नेपाल देख्ने छौ
नभुल्ने गरी हृदयबीच सम्झना लेख्ने छौ
यो रातो रातो क्या मीठो बास्ना गुलाफ फुलेको
यो सेतो सेतो क्या राम्रो रूप हिमाल खुलेको, हिमाल खुलेको
हरियो वनमा सुनका बुट्टा ऐँसेलु पाकेको
यहीँ हो मैले नेपाल हेर्न तिमीलाई डाकेको
यो छाती मेरो चिरेर हेरेँ नेपाल देख्ने छौ
नभुल्ने गरी हृदयबीच सम्झना लेख्ने छौ
हिमाली थलमा नेपाल जगाई म यहीँ बाँच्ने छु
कर्णाली जलमा पसिना बगाई म यहीँ नाच्ने छु, म यहीँ नाच्ने छु
यो मेरो स्वर्ग यो मेरो प्राण नेपाल हाँसेको
यहीँ हो मैले नेपालसँग जीवन गाँसेको
यो छाती मेरो चिरेर हेरेँ नेपाल देख्ने छौ
नभुल्ने गरी हृदयबीच सम्झना लेख्ने छौ
शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः तारा देवी