यी आँखामा रिमझिम रिमझिम सपना झुले
झिलमिल झिलमिल चाहना खुले
त्यो मन रिझाउन खोज्दा
जीवन रंगाउन खोज्दा
यी आँखामा…
हराभरा साउन पनि सुक्खा सुक्खा जस्तो लाग्छ
हराभरा साउन पनि सुक्खा सुक्खा जस्तो लाग्छ
उनीबिना यो जून पनि रुखा रुखा जस्तो लाग्छ
कठै माया चर्किदिन्छ
आफ्नै छायाँ तर्किदिन्छ
यी आँखामा…
आकाशको निलिमलाई कुहिरोले छेके जस्तो
आकाशको निलिमलाई कुहिरोले छेके जस्तो
गुराँसको लालीमलाई पहिरोले टेके जस्तो
छातीभित्र तुफान चल्छ
परेलीमा बिहान जल्छ
यी आँखामा रिमझिम रिमझिम सपना झुले
झिलमिल झिलमिल चाहना खुले
त्यो मन रिझाउन खोज्दा
जीवन रंगाउन खोज्दा
यी आँखामा…
शब्दः रत्न शम्शेर थापा
संगीतः दिपक जंगम
स्वरः अरूणा लामा