यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
पहाड मधेस र भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
पहाड मधेस र भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
ठाउँ पनि त्यही हो त्यही हो नाम
त्यही छ डाँडामा अस्ताउने घाम
ठाउँ पनि त्यही हो त्यही हो नाम
त्यही छ डाँडामा अस्ताउने घाम
लामो छ खोलाको बगर त्यही
पुल तर्ने त्यै जोडी हुन्न फेरि
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
बैँसको लालीमा प्रिया उस्तै
आँखामा सुराको मस्ती त्यस्तै
बैँसको लालीमा प्रिया उस्तै
आँखामा सुराको मस्ती त्यस्तै
गुन्जछ प्रीतको गीत फेरि पनि
प्रीत लाउन हामी चै हुन्नौँ फेरि
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
वैशाख र आकाश छ मौसम त्यही
हिउँ पर्छ डाँडामा फेरि पनि
वैशाख र आकाश छ मौसम त्यही
हिउँ पर्छ डाँडामा फेरि पनि
साउन ल्याउने छ झरी त्यही
ओत लाग्ने त्यै यात्री हुन्न फेरि
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
पहाड मधेस र भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यै बाटो कुन यात्री होला भोलि
शब्दः
संगीतः
स्वरः अम्बर गुरूङ