यति धेरै माया दियौ बाँच्ने रहर बढ्न थाल्यो
धेरै पछि जिन्दगीमा घामको लाली चढ्न थाल्यो
यति धेरै माया दियौ
यस्तो लाग्छ संसारमा मेरो आफ्नो कोही छैन
सिन्दुर चुरा टीका पोते भाग्यमा नै मेरो छैन
डुबी हेर
डुबी हेर आफैभित्र सोह्र सिंगार तिम्रो नै हो
ईश्वरको उपहार हाँसो खुशी तिम्रो नै हो
यति धेरै माया दियौ बाँच्ने रहर बढ्न थाल्यो
यति धेरै माया दियौ
आ…आ…आ….
झरना खोला बर्खाबीच तिर्खाएर बाँचेको थेँ
फुल्नु भन्दा पहिला नै ओइलाएर झरेको थेँ
प्यारो प्यारो
प्यारो प्यारो लाग्छ जीवन उमङ्गको बत्ती बाल
लक्ष्य आफै भेटिनेछ उत्साहको पाइला चाल
यति धेरै माया दियौ बाँच्ने रहर बढ्न थाल्यो
यति धेरै माया दियौ
प्रेम के हो? माया के हो? भर्खरै पो थाहा पाएँ
किन जन्मे? किन हुर्के? रहस्य यो थाहा पाएँ
आशा इच्छा
आशा इच्छा छर्दै आउँछ संसारमा बिहानी यो
हाम्रो जीवन केही हैन माया प्रेमको कहानी हो
यति धेरै माया दियौ बाँच्ने रहर बढ्न थाल्यो
धेरै पछि जिन्दगीमा घामको लाली चढ्न थाल्यो
यति धेरै माया दियौ
शब्दः चेतन कार्की
संगीतः मनोहर सिंह
स्वरः प्रकाश श्रेष्ठ र आशा भोसले
चलचित्रः कन्यादान