यति धेरै दिनहरू……..

यति धेरै दिनहरू, यति धेरै रातहरू
यति धेरै दिनहरू, यति धेरै रातहरू
एक्लो ठान्थेँ आफूलाई, धेरै रैछन् साथहरू

केही बेर कतै देखेन कि बतास मलाई खोज्दै आउँछ
केही बेर कतै देखेन कि बतास मलाई खोज्दै आउँछ
रमाउँछु म त्यसैले सायद
रमाउँछु म त्यसैले सायद शीतमा किरण झल्मलाउँछ
हितैसी हुन् वर पिपल चौतारी हो मनले खाने
मनमा धेरै पीर हुँदा भन्ज्याङलाई हो पोख्न जाने

कहाँ कहाँ लान्छन् मलाई गोरेटो र बाटोहरू
कहाँ कहाँ लान्छन् मलाई गोरेटो र बाटोहरू
बिर्साई दिन्छन् फूलहरूले
बिर्साई दिन्छन् फूलहरूले मनको सबै फाटोहरू
उमङ्ग लिई सधै आउँछन् मिर्मिरे बिहानीहरू
उमङ्ग लिई सधै आउँछन् मिर्मिरे बिहानीहरू
सपनाले पर्खी बस्छन् हर रात सिरानीहरू

शब्दः विजय शिवाकोटी
सङ्गीत: दिपक जंगम
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!