यति धेरै दिनहरू, यति धेरै रातहरू
यति धेरै दिनहरू, यति धेरै रातहरू
एक्लो ठान्थेँ आफूलाई, धेरै रैछन् साथहरू
केही बेर कतै देखेन कि बतास मलाई खोज्दै आउँछ
केही बेर कतै देखेन कि बतास मलाई खोज्दै आउँछ
रमाउँछु म त्यसैले सायद
रमाउँछु म त्यसैले सायद शीतमा किरण झल्मलाउँछ
हितैसी हुन् वर पिपल चौतारी हो मनले खाने
मनमा धेरै पीर हुँदा भन्ज्याङलाई हो पोख्न जाने
कहाँ कहाँ लान्छन् मलाई गोरेटो र बाटोहरू
कहाँ कहाँ लान्छन् मलाई गोरेटो र बाटोहरू
बिर्साई दिन्छन् फूलहरूले
बिर्साई दिन्छन् फूलहरूले मनको सबै फाटोहरू
उमङ्ग लिई सधै आउँछन् मिर्मिरे बिहानीहरू
उमङ्ग लिई सधै आउँछन् मिर्मिरे बिहानीहरू
सपनाले पर्खी बस्छन् हर रात सिरानीहरू
शब्दः विजय शिवाकोटी
सङ्गीत: दिपक जंगम
स्वरः दिपक खरेल