विरहले रोएको रातमा, तृष्णाले छोएको छातीमा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
विरहले रोएको रातमा, तृष्णाले छोएको छातीमा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
मायाको डोरी बाँट्दै थेँ, पराई आँखाले काटेछ
मायाको डोरी बाँट्दै थेँ, पराई आँखाले काटेछ
हुरी बतासलाई छेक्दै थेँ
हुरी बतासलाई छेक्दै थेँ, बीचैमा पर्दा फाटेछ
विरहले रोएको रातमा, तृष्णाले छोएको छातीमा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
जिन्दगी परेछ आँधीमा भुमरीभित्रको यात्रामा
जिन्दगी परेछ आँधीमा भुमरीभित्रको यात्रामा
तिमीसँग हाँसेको यो जीवन
तिमीसँग हाँसेको यो जीवन
रोइदियो सबैको माझमा
विरहले रोएको रातमा, तृष्णाले छोएको छातीमा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
विरहले रोएको रातमा, तृष्णाले छोएको छातीमा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
सधैँ नजलाऊ नलाई मुटु दुखेको बेलामा
शब्दः नरेन्द्रराज प्रसाई
सङ्गीतः दिपक जङ्गम
स्वरः अरूणा लामा