उस्तै उस्तै पानी बग्ने धेरै धेरै खोला पाइन्छ
तर मलाई हिमचुलीको पानी बग्ने खोला चाहिन्छ

यो मन मेरो के के भन्छ, तराई ठूलो पारौ भन्छ

कहिले हिमाल उचालेर अझै माथि सारौ भन्छ
कहिले हिमाल उचालेर अझै माथि सारौ भन्छ
जसले जे जे गाए पनि गीत गाइन्छ
तर मलाई नेपालीको गीत चाहिन्छ
हिमचुलीको जीत चाहिन्छ
यो मन मेरो के के भन्छ, कोशी कतै छेकौ भन्छ

कहिले कलम खेतहरूमा खेती बाली लेखौ भन्छ
कहिले कलम खेतहरूमा खेती बाली लेखौ भन्छ
जसले जस्तो लाए पनि माया लाइन्छ
तर मलाई मारुनीको माया चाहिन्छ
हिमचुलीको छायाँ चाहिन्छ
उस्तै उस्तै पानी बग्ने धेरै धेरै खोला पाइन्छ
तर मलाई हिमचुलीको पानी बग्ने खोला चाहिन्छ
तर मलाई हिमचुलीको पानी बग्ने खोला चाहिन्छ
शब्दः क्षेत्रप्रताप अधिकारी
संगीत/स्वरः भक्तराज आचार्य