त्यो आँखाले लौन मलाई मार्यो
त्यो बोलीले लौन लाटो पार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौन मलाई
लौन मलाई लौन मलाई मार्यो
एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ
एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ
आफैसित साँझ बिहान गुनासो म पोखाइरहेँ
कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ
जे जे भएँ आखिरमा तिम्रो निम्ति यस्तो भएँ
कलेजी समाउनेले नै मार्यो
मलाई हेरी टोलाउनेले मार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौन मलाई
लौन मलाई लौन मलाई मार्यो
रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन
रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन
परेलीको भाषा हुन्छ यो त मलाई थाहै थिएन
आँखा आँखा जुधिदिन्छ मुटु मुटु अल्झिदिन्छ
यस्तो पनि हुँदो रहेछ यस्तो मलाई थाहै थिएन
घुम्टोबाट चियाउनेले नै मार्यो
झझल्कोमा आउनेले नै मार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौन मलाई
लौन मलाई लौन मलाई मार्यो
शब्द/संगीत/स्वरः बच्चु कैलाश