टुङ्नाको धूनमा
डाँडापारि जूनमा
टुङ्नाको धूनमा
डाँडापारि जूनमा
मन चरी उड्यो
मनै छोडेर
वनै छोडेर
टुङ्नाको धूनमा
डाँडापारि जूनमा
मन चरी उड्यो
मनै छोडेर
वनै छोडेर
हिउँदो बर्खा लेकबेसी भेँडीगोठ चर्ने रनवन
कोसित गयो आज किन मसितै छैन मेरो मन
बरालिने मन
डुली हिँड्ने मन
बरालिने मन
डुली हिँड्ने मन
विरानो हुने मनै छोडेर वनै छोडेर
टुङ्नाको धूनमा
डाँडापारि जूनमा
मन चरी उड्यो
मनै छोडेर
वनै छोडेर
सुनचाँदी किन्ला धनले मीठो सपनी किन्दैन
छिनेर जान्छ टुङ्नाको डोरी मायाको डोरी छिन्दैन
मायाले बाँध
मनको चरी
मायाले बाँध
मनको चरी
उडेरा जाला मनै छोडेर वनै छोडेर
टुङ्नाको धूनमा
डाँडापारि जूनमा
मन चरी उड्यो
मनै छोडेर वनै छोडेर
शब्दः तुलसी घिमिरे
संगीतः रञ्जीत गजमेर
स्वरः इन्द्रजीत मिजार
चलचित्रः रहर