तोरी फुल्यो लेक नै झुल्यो
सुनौला पातमा माहुरी अल्झेर
मायामा पल्की लौ पछ्याइ आएँ
घुम्तीदेखि फेदीमा झरेर
पलाइ आयो कलिला मुना
हरियो रुखको हाँगोमा
पलाइ आयो कलिला मुना
हरियो रुखको हाँगोमा
टपक्क टिपी फूलको थुङ्गा
सिउरी दिन्छु चुल्ठीमा चुल्ठीमा
तोरी फुल्यो लेक नै झुल्यो
सुनौला पातमा माहुरी अल्झेर
लहरै मिल्यो कोपिला थरी
फुलेको वनै ढाकेर
लहरै मिल्यो कोपिला थरी
फुलेको वनै ढाकेर
समाइ औँली तानेर ल्यायो
पारि गाउँको यानी मायाले
तोरी फुल्यो लेक नै झुल्यो
सुनौला पातमा माहुरी अल्झेर
मायामा पल्की लौ पठ्याई आएँ
घुम्तीदेखि फेदीमा झरेर
शब्दः रत्नलाल श्रेष्ठ
संगीत/स्वरः प्रेमध्वज प्रधान