तिर्सना छल्किन्छ तिम्रै प्रीतको नयनमा
चाहना उर्लिन्छ तिम्रै जीतको जीवनमा
तिर्सना छल्किन्छ तिम्रै
फैलिन देऊ मेरो खुशी जुनेली सँगमा
रङ्गिन देऊ यो जिन्दगी इन्द्रेणी रङ्गमा
सपना बल्झिन्छ तिम्रै हितको बचनमा
तिर्सना छल्किन्छ तिम्रै
ब्युँझिन देऊ नसिलो आँधी फूलको डोलीमा
चस्किन देऊ कमलो छाती मीठो त्यो बोलीमा
भावना रङ्गिन्छ तिम्रै गीतको गुञ्जनमा
तिर्सना छल्किन्छ तिम्रै प्रीतको नयनमा
चाहना उर्लिन्छ तिम्रै जीतको जीवनमा
तिर्सना छल्किन्छ तिम्रै
शब्दः रत्न शम्शेर थापा
सङ्गीत/स्वरः शान्ति ठटाल