टिप यो जोवन उडेपछि बतास हो
बाँध यो माया बगेपछि पानी हो
ल है जोवन बगे पानी पानी हो
ल है जोवन बगे पानी पानी हो
सुन यो जोवन उडे पनि तिम्रै हो
बुझ यो माया बगे पनि तिम्रै हो
ल है मेरो माया तिम्रै लागि हो
ल है मेरो माया तिम्रै लागि हो
बैशाखको फूल जस्तो भागी जाने जोवन हो
सागर हो रे जिन्दगी यो बुँद जत्रो जोवन हो
बैशाखको फूल जस्तो भागी जाने जोवन हो
सागर हो रे जिन्दगी यो बुँद जत्रो जोवन हो
फैलेपछि आकाश भन्दा ठूलो पनि जोवन हो
सुन यो जोवन उडे पनि तिम्रै हो
बुझ यो माया बगे पनि तिम्रै हो
ल है मेरो माया तिम्रै लागि हो
ल है मेरो माया तिम्रै लागि हो
फूलको जोवन रूप हो मेरो जोवन प्रीत हो
हारे पनि जिन्दगीमा प्रीत एक जीत हो
फूलको जोवन रूप हो मेरो जोवन प्रीत हो
हारे पनि जिन्दगीमा प्रीत एक जीत हो
संसारले नै गाउन खोज्ने जीवन एक गीत नै हो
टिप यो जोवन उडेपछि बतास हो
बाँध यो माया बगेपछि पानी हो
ल है जोवन बगे पानी पानी हो
ल है जोवन बगे पानी पानी हो
ल है मेरो माया तिम्रै लागि हो
ल है जोवन बगे पानी पानी हो
ल है मेरो माया तिम्रै लागि हो
शब्द:
सङ्गीत: अम्बर गुरूङ
स्वर: अम्बर गुरूङ र तारा देवी