तीन पाटे डाँडा काटेर
तीन पाटे डाँडा काटेर
कहाँ जान लाग्यौ सारङ्गी दाइ
पिरतीको भाका बोकेर
उकालो ओरालो देउराली भीरालो
यो मायाले लौन सतायो हो मलाई
यो मायाले लौन सतायो
तिन पाटे डाँडा काटेर
डुब्ने घाम होइन हाम्रो यो चोखो माया
सजाईसके मुटुभित्र तिम्रो शीतल छायाँ
छोडिजाने निष्ठुरी त डुबी जाने घाम
बाचा थियो साथ दिने यो ओठमा नाम
तीन पाटे डाँडा काटेर
तीन पाटे डाँडा काटेर
कहाँ जान लाग्यौ सारङ्गी दाइ
पिरतीको भाका बोकेर
जाने भए जाऊ बैगुनी मलाई छोडेर
छोडि जान्छु साथ तिम्रो संसार त्यागेर
हो हो हो हो हो हो हा हा हा
अमृत जस्तै अजम्बरी तिम्रो साथ भो
साँचो प्रीति तिम्रो मेरो अमर कथा हो
तीन पाटे डाँडा काटेर
तीन पाटे डाँडा काटेर
कहाँ जान लाग्यौ सारङ्गी दाइ
पिरतीको भाका बोकेर
उकालो ओरालो देऊराली भिरालो
यो मायाले लौन सतायो हो मलाई
यो मायाले लौन सतायो हो मलाई
यो मायाले लौन सतायो हो मलाई
यो मायाले लौन सतायो हो मलाई
यो मायाले लौन सतायो हो मलाई
शब्दः कमल थापा
संगीतः शम्भुजीत बास्कोटा
स्वरः अनुराधा पौड्याल
चलचित्रः युगदेखि युगसम्म