तिम्रो सिउँदो………

तिम्रो सिउँदो सजाई दिने मेरो एउटै धोको
मेरो एउटै धोको
तिमीप्रति चाहना जुन मेरो सधैँ चोखो
मेरो सधैँ चोखो
तिम्रो सिउँदो सजाई दिने मेरो एउटै धोको
मेरो एउटै धोको

मेरो दिल नै उपहार तिमीलाई दिइसकेँ
बासी इच्छा नठानी देऊ मैले चाहिसकेँ
मेरो दिल नै उपहार तिमीलाई दिइसकेँ
बासी इच्छा नठानी देऊ मैले चाहिसकेँ
मेरो व्यथा कथा बन्छ लहरा भई गीतको
ओईलिएको फूललाई पनि चाह हुन्छ शीतको
चाह हुन्छ शीतको
तिम्रो सिउँदो सजाई दिने मेरो एउटै धोको
मेरो एउटै धोको

सपनामा सागर बन्छ अनेक यादमा कल्पी
जिउनु पर्ने जिन्दगीमा आशै आशमा अल्झी
सपनामा सागर बन्छ अनेक यादमा कल्पी
जिउनु पर्ने जिन्दगीमा आशै आशमा अल्झी
पन्छी नदेऊ बाहारसँग फूल भई हामी फुलौँ
शून्यसँग नहराऔँ, हामी एक भई भुलौँ
हामी एक भई भुलौँ
तिम्रो सिउँदो सजाई दिने मेरो एउटै धोको
मेरो एउटै धोको
मेरो एउटै धोको
मेरो एउटै धोको
मेरो एउटै धोको

शब्दः भैरवनाथ रिमाल ‘कदम’
संगीतः कोइली देवी
स्वरः मधु क्षेत्री

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!