तिम्रो पनि माया लाग्छ
उनको पनि माया लाग्छ
हुने भए मुटु काँटी
दुवैलाई आधा आधा
बाँडी दिउँ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ
उनको पनि माया लाग्छ
हुने भए मुटु काँटी
दुवैलाई आधा आधा
बाँडी दिउँ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ
तिम्रो लागि उनले आफ्नो इच्छाहरू मारिदिइन्
तिमीलाई देख्ने मेरा यी आँखा उघारिदिइन्
तिम्रो लागि उनले आफ्नो इच्छाहरू मारिदिइन्
तिमीलाई देख्ने मेरा यी आँखा उघारिदिइन्
यस्तो लाग्छ किन कुन्नि
तिमी दुवै एउटै जस्तो
दुवै उति प्यारो लाग्छ
तिम्रो पनि माया लाग्छ
उनको पनि माया लाग्छ
हुने भए मुटु काँटी
दुवैलाई आधा आधा
बाँडी दिउँ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ
तिमीसँग माया बस्यो तिर्खा बदलिए जस्तै
पानी पर्दा पर्दै पनि घाम लागी दिए जस्तै
तिमीसँग माया बस्यो तिर्खा बदलिए जस्तै
पानी पर्दा पर्दै पनि घाम लागी दिए जस्तै
यस्तो लाग्छ मलाई बाँच्न
तिमी दुईमा एउटी हावा
एउटी पानी जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ
उनको पनि माया लाग्छ
हुने भए मुटु काँटी
दुवैलाई आधा आधा
बाँडी दिउँ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ
उनको पनि माया लाग्छ
शब्दः राम मान ‘तृषित’
संगीतः शिव शंकर मानन्धर
स्वरः रूबी जोशी