तिम्रो नाम लिई…..

तिम्रो नाम लिई बोलाउँदा
हजुर भन्ने तिम्रो बोली
सङ्गीतको सिर्जनामा कुनै नौलो वरदान हौ कि
तिम्रो नाम लिई बोलाउँदा
हजुर भन्ने तिम्रो बोली
सङ्गीतको सिर्जनामा कुनै नौलो वरदान हौ कि
तिम्रो नाम लिई बोलाउँदा

तिम्रा सङ्गीहरूसँग जिस्किएर कुरा गर्छौ
तिम्रो सामु म आउँदा लजाई सागर बन्छौ
तिम्रा सङ्गीहरूसँग जिस्किएर कुरा गर्छौ
तिम्रो सामु म आउँदा लजाई सागर बन्छौ
तिमीलाई केही भन्दा हवस् भन्ने तिम्रो बोली
सङ्गीतको सिर्जनामा कुनै नौलो वरदान हौ कि
तिम्रो नाम लिई बोलाउँदा
हजुर भन्ने तिम्रो बोली
सङ्गीतको सिर्जनामा कुनै नौलो वरदान हौ कि
तिम्रो नाम लिई बोलाउँदा

कहिलेकाहीँ गिज्जाई दिदाँ मुहारमा काउकुती दिन्छौ
रिसाउने बहाना गर्दै मायामा प्यार थपिदिन्छौ
कहिलेकाहीँ गिज्जाई दिदाँ मुहारमा काउकुती दिन्छौ
रिसाउने बहाना गर्दै मायामा प्यार थपिदिन्छौ
तिमी कसको भनि सोध्दा हजुरैको भन्ने बोली
सङ्गीतको सिर्जनामा कुनै नौलो वरदान हौ कि
तिम्रो नाम लिई बोलाउँदा
हजुर भन्ने तिम्रो बोली
सङ्गीतको सिर्जनामा कुनै नौलो वरदान हौ कि
वरदान हौ कि
वरदान हौ कि
वरदान हौ कि

शब्दः गौरी नेवा
सङ्गीतः सि. के. रसाइली
स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!