तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो
जिन्दगीको लामो यात्रा सँगै गर्छु भन्नेले
तिमीसँगै हाँसी खुशी सँगै मर्छु भन्नेले
जिन्दगीको लामो यात्रा सँगै गर्छु भन्नेले
तिमीसँगै हाँसी खुशी सँगै मर्छु भन्नेले
दोबाटोमै छादिदियौ एक्लै हिँड्न कर लाग्यो
ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो
मुटुभित्र बास मागी मन डढाउनेले
थाहै नदिई कलेजीमा छुरा चलाउनेले
मुटुभित्र बास मागी मन डढाउनेले
थाहै नदिई कलेजीमा छुरा चलाउनेले
हाँस्दै बिदा मागीदियौ, जाऊ भन्नै कर लाग्यो
ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो
स्मृतिका छाल छाडी टाढा गई दिनेले
आँखाभरि आँशु दिई पराई भई दिनेले
स्मृतिका छाल छाडी टाढा गई दिनेले
आँखाभरि आँशु दिई पराई भई दिनेले
हृदयको घाऊ दियौ, सुम्सुम्याउनै कर लाग्यो
ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसँग प्रश्न सोध्न डर लाग्यो
शब्दः
संगीतः
स्वरः कर्ण दास